Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं - परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूत सिफारिस गरेको हो ।

लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् । उनको कार्यकाल अब १३ महिना मात्र बाँकी छ । कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको हो । उनी पहिलो महिला परराष्ट्र सचिव पनि हुन् ।

अहिले बेल्जियमका लागि नेपाल राजदूत गेहेन्द्रराज भण्डारी छन् । २०७७ पुसमा राजदूत नियुक्त भएका भण्डारीको कार्यकाल सकिन लागेकाले मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूत सिफारिस गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्