Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अध्यक्षभन्दा प्रचण्ड माथि’, जनार्दशन शर्मा बायाँपट्टी छन्

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ भाष्यबारे टिप्पणी गरेका छन्। 

उनले सुर्खेत पुगेर शुक्रबार भने,‘माओवादी केन्द्रको अध्यक्ष भन्ने पद गौण र त्यसभन्दा माथि प्रचण्ड भन्ने नाम पुगिसक्यो, देश दुनियाँमा चर्चा छ।’

नेतृत्व हस्तान्तरणको चुनौति दिने उपमहासचिव जनार्दन शर्मालाई बायाँपट्टी राखेर प्रचण्डले भने,‘७० बर्ष पुगेको छु। पार्टीमा अहिले नेतृत्व हस्तान्तरण हुँदैन। तर अलग भूमिकामा जानका लागि पार्टी व्यवस्थित बनाउने अभियानमा छु।’

माओवादी विभाजन हुने हल्ला नियोजित भएको समेत प्रचण्डको दाबी थियो।

अहिलेको सरकार कसरी बन्यो भन्ने आफूभन्दा बढी कसैले पनि नजानेको उल्लेख गरेका प्रचण्डले भने,‘ज्यादतीका काम भएका कारण हनिमुन समयसम्म पर्खिने बेला रहेन। आवश्यक परे सरकारका ज्यादतीका विरोधमा सडकमा संघर्ष हुन्छ।’
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्