Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

शुक्रबार, भदौ १४, २०८१

जनकपुरधाम- नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ।

सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज बिहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेको बताइएको छ ।हत्या आरोपमा प्रकाश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

डीएसपी अवाका अनुसार आज बिहान करिब १० बजे वर्माको हत्या भएको हो। हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

मृतक वर्माको शव अहिले घटनास्थलमै छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्