Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेको छ ।

प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए ।पार्टी संगठन र नेतृत्वलाई असहज र असफल बनाउने क्रियाकलाप गरेको आरोपमा हटाइएको विष्टले पारसलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् ।

‘यहाँले पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविध क्रियाकलापहरू गर्नुभएको हुँदा जिम्मेदारीबाट मुक्त गरिएको जानकारी गराउँदछु’, पारसलाई पठाइएको पत्रमा भनिएको छ ।

पारसलाई स्पष्टीकरण सोधिएको र जवाफ सन्तोषजनक नभएकाले पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्