Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपराधीहरूलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ : माधव नेपाल

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधीहरूको कसैले पनि संरक्षण गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए।

उनले भने, ‘यो सानो देश हो, तीन करोड जनसङ्ख्या छ । यदि प्रत्येक व्यक्तिहरू आफ्नो ठाउँमा इमान्दार भए भने बदमासलाई तह लगाउन सकिन्छ । तिनीहरूलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरूलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरू नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरू हुन्। त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभूति दिने काम गर्नु हुँदैन।’

उनले कुनै चुनौतीलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए। लागूपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापारजन्यहरूको सञ्जाल देखिएको भन्दै त्यसलाई कुनै रूपमा समाप्त पार्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्