Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवनियुक्त मुख्य सचिव अर्यालले बुझे पत्र

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ- नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले नियुक्ति पत्र बुझेका छन् । शुक्रवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव लीलादेवी गडतौलाले नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् ।

बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्य सचिव गडतौला आज राती १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले वरिष्ठ सचिवहरुमध्येबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्