Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् ।

आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयलाई पत्र पठाएर माओवादीले समर्थन फिर्ताको जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्