Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनीत

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् ।

सदस्यमा मनोनीत हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कलमबहादुर खत्री, सुर्खेत, दिपकराज गौतम, दाङ, ध्रुव श्रेष्ठ, सुर्खेत, दुर्गाबहादुर सुनार, कास्की, रामचन्द्र गौतम, रूकुम पश्चिम,  खिल गिरी, धादिङ, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण, धनुषा र शोभा घिमिरे, संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्