सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा
काठमाडौं- राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।
सचिवहरुमध्ये वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेपछि ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।
उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्