Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेन भन्छन्: महानगरको कामलाई विश्वले प्रशंसा गर्छ, तर काम गर्न गाह्रो छ

शुक्रबार, भदौ १४, २०८१

काठमाडौ -काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेपालजस्तो विकासोन्मुख देशमा काम गर्न गाह्रो भएको बताएका छन्।

शुक्रबार ३२ औं महानगर प्रहरी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले नेपालजस्तो विकासोन्मुख देशमा काम गर्न गाह्रो हुने गरेको बताए।

उनले भने, 'उनले विकासोन्मुख देशमा काम गर्न गाह्रो हुन्छ। उदाहरणका लागि हाम्रो कालोपत्रे सडक अतिक्रमण, फुटपाथमा व्यवसाय गर्दाको अतिक्रमण। त्यसलाई सहज बनाउन एकदमै गाह्रो हुन्छ। त्यसलाई सहज बनाउन सफल हुनुभएकोमा तपाईंहरुलाईं बधाई।'

उनले अन्य देशका मेयर र सांसदहरूले नेपाल जस्तो देशमा यस्ता कामहरू सहजै कसरी भयो भनेर प्रशंसा गरेको पनि उनले बताए।

विकासोन्मुख देशमा खोलानालालाई छोप्ने समस्या धेरै र रहेको र महानगरभित्रका खोलाहरू खोल्न सफल भएकोमा पनि महानगर प्रहरीलाई बधाई दिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्