Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानको बेरोजगारी दरमा सामान्य वृद्धि

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ - जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औँल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्