Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीमा ३० वर्षे सेवावधि नहट्ने, सर्वोच्चले खारेज गर्‍यो अन्तरिम आदेश

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- नेपाल प्रहरीको ३० वर्षे सेवावधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई खारेज गरेको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र विनोद शर्माको इजलासले शुक्रबार सरकारको भ्याटेक निवेदनमा माग बमोजिम हुने आदेश जारी गरेको हो ।यससँगै अब प्रहरीमा ३० वर्षे सेवावधि कायम भएको छ । सर्वोच्चको आदेशसँगै अब नेपाल प्रहरीका ९४ अधिकृत एकसाथ अवकाशमा गएका छन् ।

यसअघि नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले भदौ ६ गते अन्तरिम आदेश दिएका थिए ।

यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । तर उनको आदेशलाई शुक्रबार न्यायाधीशद्वयले खारेज गर्दै ३० वर्षे नै यथावत रहने निर्णय सुनाएका छन् ।

शनिबारदेखि अवकाशमा जान लागेका ९० मध्ये २१ अधिकृतले सर्वोच्च अदालतमा रिट हालेका थिए । ३० वर्षे सेवाअवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध तत्काललाई उनीहरूले अन्तरिम आदेश मागेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्