Nic Ad Nic Ad
Nic Ad Nic Ad

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गरौँ : सभापति देउवा

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । संविधानमा केही कमीकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रूपमा पास भई राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास व्यक्त गरे ।

देउवाले अहिलेको अवस्थामा लोकतन्त्र, मानवअधिकार निकै महत्त्वपूर्ण विषय भएको धारणा राख्दै भयमुक्त समाज निर्माण गर्नुपर्ने बताए  ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्