Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न नगर प्रहरीका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रसंसा भएको दाबी गरेका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीको कामको विभिन्न देशका नगरले प्रसंशा गरेको बताए ।

दक्षिण एसियामै निकै समस्याका रुपमा रहेको सडक व्यवस्थापन मिलाउन निकै समस्या र चुनौती देखा परेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले पटक पटक प्रशंसा गरे । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्