Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक लोकापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका हुन् ।

देउवाले अहिलेको संविधान समावेशीसहितको रहेको बताएका छन् ।

‘आवश्यक परे सबैले ठान्यो भने संशोधन हुनसक्छ । अहिले वास्तवमा धेरै राम्रो र महत्त्वपूर्ण काम भएको छ, यो संविधान समावेशी छ,’ उनले भने ।

देउवाले समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्ने पनि बताएका छन् ।

उनले जनताका अधिकारलाई थप बलियो बनाउन जरुरी रहेको बताए । देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

संविधानमा कमजोरी भए सुधार्न सकिने उनको भनाइ छ । संक्रमणकालीन न्यायका बिषयलाई सर्वसम्मत पास गरेर राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको अवस्थामा अब देशमा द्वन्द्व नहुने विश्वास देउवाले व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्