Nic Ad Nic Ad
Nic Ad Nic Ad
सत्ता

को बन्ला नेपालमा पहिलो प्रधानमन्त्री महिला? दक्षिण एसीयाको इतिहास यस्तो छ (भिडिओसहित)

शनिबार, भदौ १५, २०८१

काठमाडौं– दक्षिण एसीयाका विभिन्न राष्ट्रमा महिलाले प्रधानमन्त्री या राष्ट्रपति भएर कार्यकारी अधिकार सम्हालिसकेका छन्। तर नेपालमा भने राष्ट्र प्रमुख मात्र भए पनि कार्यकारी अधिकार महिलाले पाइसकेको अवस्था छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यो बहस छेडेपछि अहिले को बन्ला पहिलो महिला प्रधानमन्त्री भन्ने चासो र मन्थन सुरु भइसकेको छ। 

राष्ट्र प्रमुखका हैसियतमा एमालेबाट दुई पटक विद्यादेवी भण्डारीले जिम्मेवारी सम्हालिसकेकी छन्। यस्तै प्रधानन्यायाधीशमा सुशीला कार्की, सभामुखमा ओनसरी घर्तीमगर, स्थायी कर्मचारीतन्त्र मानिने व्युरोक्रेसीमा मुख्यसचिवका रुपमा लिलादेवी गड्तौलाले जिम्मेवारी सम्हालिन्।

कुटनीतिक सम्बन्ध कायम राख्ने हिसाबमा अहिले सरकारको परराष्ट्र मन्त्रालयको जिम्मेवारी कांग्रेस नेत्री आरजु राणाले सम्हालेकी छन्।  

उल्लिखित महिलासँगै अहिले चर्चामा छिन् नेतृत्वमा अब्बल देखिएकी सुमना श्रेष्ठ पनि। 

निर्वाचन प्रणाली अथवा शासकीय स्वरुपको प्रणाली संविधानमा नै परिवर्तन भएको खण्डमा काठमाडौं महानगरकी उपप्रमुख रहेकी सुनिता डंगोल पनि देशको कार्यकारी प्रमुख हुने सम्भावना नभएकी होइनन्।

महिला नेतृत्वले विश्वका विभिन्न देश हाँकेका उदाहरण पर्याप्त छन्। राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्म भएर जिम्मेवारी सम्हाल्दै जाँदा विश्वको मानचित्रमा महिलाको नाम कम छैन। 

तर नेपाली राजनीतिमा प्रभाव पार्न सक्ने दक्षिण एसीयको स्थिति के थियो, छ र नेपालले पनि त्यसको पदचाप समात्न सक्ला कि नसक्ला त्यो पनि महत्वको विषय हो। 

दक्षिण एसीयाका महिला राष्ट्र प्रमुख र सरकार प्रमुख कस्ता थिए, त्यसको एक चर्चा यहाँ गर्नेछु। 

दक्षिण एसीयाको हकमा पाकिस्तानले पनि पहिलो प्रधानमन्त्री महिला पाएको थियो। 

इतिहासदेखि अहिलेसम्म पनि चर्चामा रहने गरेकी पात्र हुन् बेनजिर भुट्टो। जसले १९८८ देखि १९९० सम्म र फेरि १९९३ देखि १९९६ सम्म पाकिस्तानको ११औँ र १३औँ प्रधानमन्त्रीको रूपमा सेवा गरिन्। उनी प्रमुखका लागि निर्वाचित पहिलो महिला थिइन्। मुस्लिम बाहुल्य देशमा लोकतान्त्रिक सरकारकी प्रमुख। वैचारिक रूपमा एक उदारवादी र धर्मनिरपेक्षवादी, उनले १९८० को शुरुवात देखि २००७ मा उनको हत्यासम्म पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) को अध्यक्षता वा सह–अध्यक्ष रहेकी थइन्। 

यसै क्रममा आउने अर्को नाम हो, बेगम खालिदा जिया। 

बेगम बंगलादेशी राजनीतिज्ञ हुन् जसले मार्च १९९१ देखि मार्च १९९६ सम्म र फेरि जुन २००१ देखि अक्टोबर २००६ सम्म बंगलादेशको प्रधानमन्त्रीको रूपमा सेवा गरिन्। उनी बेनजिर भुट्टोपछि बंगलादेशको पहिलो महिला प्रधानमन्त्री र मुस्लिम संसारमा दोस्रो महिला प्रधानमन्त्री थिइन्। उनी बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानकी विधवा हुन्। सन् १९८४ देखि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को अध्यक्ष र नेता हुन्, जसको स्थापना उनको पतिले १९७८ मा गरेका थिए।

यहि क्रममा आउने अर्को नाम हो, चन्द्रिका बन्दरानाइके कुमारातुङ्गा। 

उनी श्रीलंकाली राजनीतिज्ञ हुन् जसले श्रीलंकाको चौथो कार्यपालकको रूपमा सेवा गरेकी थिइन्, १९ नोभेम्बर २००५ सम्म। उनले यसअघि अगस्टदेखि नोभेम्बर १९९४ सम्म प्रधानमन्त्री र १९९३ देखि १९९४ सम्म पश्चिमी प्रान्तको मुख्यमन्त्रीको रूपमा सेवा गरिन्। उनी आजसम्म देशको पहिलो र एकमात्र महिला राष्ट्रपति र देशको दोस्रो महिला प्रधानमन्त्री हुन्। उनी सन् २००५ को अन्त्यसम्म श्रीलंका फ्रिडम पार्टीकी नेता थिइन्। 

पछिल्लो पटकको नागरिक आन्दोलनका कारण देशबाट भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पनि आफ्नै इतिहास छ। 

उनको पूरा नाम शेख हसिना वाजेदहो। जसले जून १९९६ देखि जुलाई २००१ र फेरि जनवरी २००९ देखि अगस्त २०२४ सम्म बंगलादेशको दशौं प्रधानमन्त्रीको रूपमा सेवा गरिन्। 

उनी बंगलादेशका संस्थापक पिता र पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। संयुक्त कुल २० बर्ष भन्दा बढी सेवा गरिसकेकी, उनी बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुन्। उनी विश्वको सबैभन्दा लामो समय सेवा गर्ने महिला सरकार प्रमुख थिइन्। 

उनको शासनमा हालै हिंसक प्रदर्शनको एक श्रृंखला पछि स्व–लापिएको निर्वासनमा समाप्त भयो।

भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको चर्चा विश्वभरी नै भएको थियो। खासगरी भारतमा गरिएको संकटकालको घोषणालगायतका कारण उनको चर्चा कम थिएन। 

उनको पूरा नाम इन्दिरा प्रियदर्शनी गान्धी थियो। जसले १९६६ देखि १९७७ सम्म १० बर्ष र १९८० देखि १९८४ सम्म शासन गरिन्। भारतको प्रधानमन्त्रीको रूपमा सेवा गर्ने क्रममा उनको हत्या १९८४ मा भएको थियो। उनी भारतको पहिलो र आजसम्म एकमात्र महिला प्रधानमन्त्री हुन्।

भारतीय राजनीतिमा एक केन्द्रीय व्यक्तित्व थिइन्। उनी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी र राजीव गान्धीकी आमा थिइन्। हेनरी किसिन्जरले उनलाई “आयरन लेडी’’ को रूपमा वर्णन गरे।  एक उपनाम जुन उनको कठोर व्यक्तित्वसँग जोडिएको थियो।

हुन त भारतमा दुई जना महिला राष्ट्र प्रमुख पनि भए। प्रतिभा पाटील र हाल द्रोपदी मुर्मु छन्।

दक्षिण एसीयाली राजनीतिक हावाभन्दा पर छैन नेपाल। तर, राष्ट्र प्रमुखका रुपमा दुई कार्यकाल विद्यादेवी भण्डारीले जिम्मेवारी सम्हाले पनि कार्यकारी प्रमुखका रुपमा भने हालसम्म एक जना पनि महिलाले प्रशासन सम्हालेका छैनन्। 

अहिले यहि बहस चलिरहेको सन्दर्भमा भण्डारी, राणा वा नयाँ दलका सुमना अथवा सुनिताहरू अगाडि आउलान्? अथवा राजनीतिक स्थिति यस्तो आउला कि त्यसले नसोचेको पात्रलाई कार्यकारी प्रमुखका रुपमा उभ्याउला? त्यो लख काट्न गाह्रो भए पनि असम्भव छैन। बहस छेडिसकिएको छ। 


 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्