Nic Ad Nic Ad
Nic Ad Nic Ad

शैक्षिक क्षेत्र सुधार्न विद्यार्थी संगठनको योगदान आवश्यक : माधव नेपाल

शनिबार, भदौ १५, २०८१

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी सङ्गठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरूको समीक्षा गर्दै यस क्षेत्रको सुधारका लागि  विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।

 सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय, सरकार लगायतका निकायले विशेष ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नपाएको धारणा राखे । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूलाई सुझाव दिए । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्