Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय सुनुवाइसहित चार समितिको बैठक बस्दै

आइतबार, भदौ १६, २०८१

काठमाडौं– संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाइ (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार