Nic Ad Nic Ad
Nic Ad Nic Ad

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

आइतबार, भदौ १६, २०८१

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै एस्टन भिल्ला विजयी भएको हो । भिल्लाको जितमा अमाडु ओनाना र जोन डुरानले एक–एक गोल गरेका थिए । लेस्टर सिटीका फाकुन्डो बोनानोट्टेले एक गोल फर्काएका थिए ।

भिल्लाका ओनानाले खेलको २८औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डुरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।खेलको ७३औँ मिनेटमा एस्टन भिल्लाका बोनानोट्टेले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप कुनै गोल नहुँदा एस्टन भिल्ल २–१ गोलले विजयी भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको छैटौँ स्थानमा छ । एक अंक भएको लेस्टर सिटी १५औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्