Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाडा अटो शोको आज अन्तिम दिन, ७५ हजारले अवलोकन गर्दा २४०० बढी गाडीको बुकिङ

आइतबार, भदौ १६, २०८१

काठमाडौं - आज नाडा अटो शो २०२४ को अन्तिम दिन। गत मंगलबारबाट सुरु भएको नाडा अटो शोको आज समापन हुँदैछ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार पाँच दिनमा करिब ७५ हजार जनाले अटो शोमा अवलोकन गरेका छन्। शनिबारमात्रै करिब १९ हजारजना अटो शो पुगेका थिए।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म २४ सयभन्दा बढी सवारीसाधन बुकिङ भएका छन्।   

व्यवसायीद्वारा उपलब्ध तथ्यांक अनुसार शनिबारसम्म २४ सयभन्दा बढी सवारीसाधन बुकिङ भएका हुन्। जसमा २ हजार वटा चार पाङ्ग्रे र ४०० वटा दुई पाङ्ग्रे सवारीसाधन बुकिङ भएका छन्।

यसपटकको नाडा अटो शोमा चिनियाँ इभी गाडीहरुको दबदबा रहेको छ। नामी, डिपल, अमोडा, बीवाइडी, स्काइवेल लगायतका चिनियाँ ब्रान्डमा आकर्षण छ। भारतीय टाटा इभी पन्चप्रति पनि ग्राहकहरुको रुची देखिएको छ।

दुई पांग्रे सवारीतर्फ भने इन्धनको बाइकप्रति आकर्षण छ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्