Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब कांग्रेसको दस्ताबेजमा ‘दुई पटक मात्र प्रधानमन्त्री, एक पटक राष्ट्रपति’, चुनावी गठबन्धन के होला?

आइतबार, भदौ १६, २०८१

काठमाडौं– दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाको प्रस्तावका कारण रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ। 

दुई प्रस्ताव परिमार्जन गरी पारित गर्ने कार्यसूचीअनुसार बैठक एउटा निचोडमा पुग्नेछ। यसअघि महामन्त्रीद्वय शर्मा र थापाको प्रस्तावमा सहमति जुटाउनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग अलग र पूर्वपदाधिकारीसहितको अलग बैठक राखेका थिए। 

महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ र थापाको गठबन्धन नगरी एकल रुपमा निर्वाचनमा जाने तथा महाधिवेशन ०८२ को मंसिरभित्रै सम्पन्न गरिने प्रस्तावमा ब्यापक छलफल भएको थियो। 

एक व्यक्ति जति नै लोकप्रिय भए पनि उसले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्रीको पदमा रहन सक्ने अवस्था नहुने महामन्त्री शर्माले बताए। त्यस्तै राष्ट्राध्यक्षको जिम्मेवारी पनि एक पटकभन्दा बढी गरिनु उचित नहुने देखेका कारण यस्तो प्रस्ताव गरिएको थियो।

यी दुई प्रस्ताव विवादमा आउने देखेपछि केन्द्रीय समितिको बैठक स्थगित गरी सहमतिका लागि छलफल चलाइएको थियो। 

अब परिमार्जनसहित पारित हुने भनिएको प्रस्तावमा शर्माको एक्जिट पोलिसी पास हुनेछ। उक्त पोलिसी अन्तर्गत कांग्रेसमा उमेरसीमादेखि दुई पटक प्रधानमन्त्री र एक पटक मात्र राष्ट्रपति बन्ने व्यवस्था पारित हुनेछ। 

यता थापाको चुनावी गठबन्धनका विषयमा भने पछि विचार गर्नेगरी महाधिवेशन समयमा नै सम्पन्न हुनेमा सहमतिसहित पारित गरिने उच्च स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्