Nic Ad Nic Ad
Nic Ad Nic Ad

बस र ट्रक ठोक्किँदा तीन घाइते

आइतबार, भदौ १६, २०८१

चितवन - चितवनको नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो ।
आइतबार बिहान ६ः३५ बजेको समयमा भएको दुर्घटनामा ट्रकका चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन् । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षीय राजन क्षेत्री, ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन् । दुवै सवारीसाधनमा क्षति पुगेको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन् । मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्बरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३-००१ च १७७० नम्बरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्