Nic Ad Nic Ad
Nic Ad Nic Ad

पलेशाले पारा ओलम्पिकमा पदक जितेपछि राजा ज्ञानेन्द्र यसो भन्छन्

आइतबार, भदौ १६, २०८१

काठमाडौं– फ्रान्सको पेरिशमा भएको पारा ओलम्पिकमा तेक्वान्दोतर्फ नेपाली खेलाडी पलेशा गोबर्धनले कास्य पदका जितेकोमा राजा ज्ञानेन्द्र शाहले शुभकामना र बधाईसहितको सन्देश दिएका छन्। 

ज्ञानेन्द्रका तर्फबाट सम्पाद सचिव डा. फणिराज पाठकले आइतबार एक विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएका हुन्। 

‘देशले विभिन्न चुनौतीहरुको सामना गर्नुपरेको वर्तमान परिस्थितिमा पारा तेक्वान्दोकी पलेशा गोबर्धनले अनेकौं प्रतिकुलताका बाबजुद जुन सफता हासिल गरेकी छन् यसले नेपाली खेलकुद इतिहासमा नै ठूलो सफलता प्राप्त गरेको छ’, ज्ञानेन्द्रले भनेका छन्,‘यसले नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं। यो सफलतामा पलेशलाई बधाई, तेक्वान्दो एशोसिएशन र टिमलाई शुभकामना छ।’

raja-1725172179.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्