Nic Ad Nic Ad
Nic Ad Nic Ad

भैंसेपाटीको होस्टलमा विद्यार्थी मृत भेटिए

आइतबार, भदौ १६, २०८१

काठमाडौं- ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा एक जना विद्यार्थी मृत भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका हुन् । उनी शनिबार मृत भेटिएका थिए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

यसैगरी ललितपुर महानगरपालिका-१० कुपोण्डोलस्थित वाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

उनको सनाखत हुन बाँकी नै रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्