Nic Ad Nic Ad
Nic Ad Nic Ad

सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु : प्रस्तावित राजदूत ओली

आइतबार, भदौ १६, २०८१

काठमाडौँ- चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने उनको भनाइ छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने बताएका हुन् ।नेपाली विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर प्राप्त भइरहेको भन्दै उनले यस सन्दर्भमा छात्रवृत्तिको सङ्ख्या बढाउन र अध्ययनमा विविधीकरण गर्न चीन सरकारलाई अनुरोध गर्ने पनि बताएका छन् ।

यस्तै चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीहरूको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ । यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्