Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्छ : महानिरीक्षक कुँवर

आइतबार, भदौ १६, २०८१

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

विश्वमा हाल संगठित र सङ्क्रमणकालीन अपराध चुनौतीको रूपमा देखा परेको बताउँदै आईजीपी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित वाकाथोन कार्यक्रममा बोल्दै आइतबार कुँवरले उक्त कुरा बताएका हुन् ।

कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्