Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले मुद्दा जित्यो, यीह हुन् प्रहरीका डीआईजीदेखि इन्स्पेक्टरसम्म जागिर सक्किएका ८९ प्रहरी अधिकारीे

आइतबार, भदौ १६, २०८१

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले दिएको अन्तरिम आदेश खारेजसँगै नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी)देखि इन्स्पेक्टरसम्म ८९ जनाको जागिर सक्किएको छ। 

सरकारका तर्फबाट फुयाँलको अन्तरिम आदेशका विरुद्ध गृह मन्त्रालय भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो। 

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सारङ्गा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदियो अनि मुद्दामा गएका प्रहरी अधिकारीको जागिर सक्किएको टुंगो लाग्यो। 

आइतबारदेखि डीआईजी विष्णुकुमार केसीसहितका प्रहरी अधिकारी घर फर्किएका छन्। 

३० वर्ष पूरा गरेर बिदा हुनेमा २०५१ साल भदौमा एकसाथ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर हाल डीआईजी रहेका विष्णुकुमार केसी छन्। उनी बागमती प्रहरी प्रमुख थिए। 

अवकाश हुनेमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन्। एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मीले अवकाश पाएका छन्। 

यसैगरी प्रहरी उपरिक्षक (एसपी)हरू कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान पनि अवकाशमा परेका छन्। 

३१ जना प्रहरी नायव उपरिक्षक (डीआएसपी)हरू अवकाशमा पुगेका छन्। 

श्रीराम भण्डारी, भरतकुमार शाह, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी अवकाशमा परेका छन्। 

यस्तै, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि अवकाशमा पुगे।  

यसक्रममा ३५ इन्स्पेक्टरले अवकाश पाएका छन्। इन्स्पेक्टरहरू योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मीले अवकाश पाए। 

यसैगरी, हरिविष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही र मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे र कमल आचार्यले पनि अवकाश पाएका छन्।

नेपाल प्रहरीमा ३० बर्षे सेवा अवधि हटाउने प्रावधकानसहितको ऐन गृह मन्त्रालयमा पारित भएर अर्थ मन्त्रालयमा पुगेको बताइएको छ। गृहमन्त्री रमेश लेखकले नै उक्त जानकारी दिएका छन्। 

ऐन अर्थबाट सहमति पाएर पारित भए प्रतिनिधि सभामा पेश हुनेछ। अनि मात्र कार्यान्वयनमा जानेछ। यसअघि ३० बर्षे हटाउनेलगायतका सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयको कार्यदलले बुझाएको थियो।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्