Nic Ad Nic Ad
Nic Ad Nic Ad

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

आइतबार, भदौ १६, २०८१

तनहुँ-ऋषिङ गाउँपालिका-१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । 

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्