Nic Ad Nic Ad
Nic Ad Nic Ad

हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको मृत्यु

आइतबार, भदौ १६, २०८१

काठमाडौँ- ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्