Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे

आइतबार, भदौ १६, २०८१

काठमाडौँ- नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । 

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरे ।उनले  भने, ‘प्रतिनिधि सभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा गयौँ, तर  पनि समस्या विभिन्न रूपले यथावत् छ ।’

साथै उनले मिटर ब्याजपीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता रहेको  उनको भनाई छ । 

यस्तै उनले बैंकीङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे । 

उनले  भने, ‘चेक अनादर हुँदा अर्थात्  बैंकीङ कसुर सम्बन्धी घटना भइसके पछि त्यो अवस्थामा एउटा व्यक्तिको  चेक अनादर  भयो अर्थात् बैंकीङ कसुर प्रक्रियामा गयो अर्थात् पुष्टि भयो भने  त्यसपछि पनि ती व्यक्तिहरूले अर्को बैंकबाट र अरू ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुनस्थिति छ त्यसमा हामीले टाइट गर्नुपर्‍यो ।’

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार