Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभ्यासका लागि नेपाली टोली श्रीलंका प्रस्थान

आइतबार, भदौ १६, २०८१

काठमाडौं -क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली आइतवार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले ३ वटा अभ्यास खेल खेल्ने छ ।

श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्नेछ ।
क्यानले गत शुक्रबार श्रीलंका भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको थियो ।
सन्दीप लामिछाने लगायतका केही खेलाडी भने क्यानडाको भिषा प्रकृयामा रहेकाले अहिले टोलीसँग नगएको तर केही दिनमा जाने क्यान प्रवक्ता छुम्बी लामाले बताए ।

‘सन्दीप लगायत केही खेलाडी क्यानडाको भिषा प्रकृयामा रहेकोले आजै टिमसँग जान पाएनन्’, प्रवक्ता लामाले हाम्रो खेलकुदसँग भने, ‘प्रकृया पूरा गरेर उनीहरु भोली या पर्सीमा श्रीलंका जानेछन् ।’ लामाका अनुसार मुख्य प्रशिक्षक मोन्टि देशाई भारतमा नै रहेको र उतैबाट श्रीलंका जाने छन् ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्