Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले छोड् भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन

आइतबार, भदौ १६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नै पार्टी नेतृत्व र संसदीय दलको नेता अहिल्यै नछोड्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन बताएपछि देउवाको यस्तो जवाफ आएको हो ।

विश्वप्रकाशले बैठकमा बोल्ने क्रममा ०८३ असारमा नेकपा एमाले अध्यक्ष केपी शर्म ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि सत्ताको बागडोर सम्हाल्ने योजना त्याग्न देउवालई सुझाएका थिए । तर देउवाले बैठकमा बोलिरहेका शर्मालाई रोक्दै अहिले आफूले नेतृत्व छाडिहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएका हुन् । उनले प्रधानमन्त्री हुने योजनाबाट पनि आफू पछि नहट्ने जवाफ शर्मालाई दिए ।

 

प्रतिक्रिया दिनुहोस्