एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण छ : गगन थापा
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् ।
आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै प्रतिस्पर्धी दलभएको विषय सत्तामा गएकाहरूले ख्याल गर्नुपर्ने बताए । उनले ०८४ को निर्वाचनको प्रतिस्पर्धी पनि एमाले नै भएको बताए । ‘ओली सरकारलाई सफल बनाउनु छ । सभापति प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । ०८४ मा एमालेसँग चुनाव लडेर फेरि जितेर आउनु छ । पार्टीको आइडेटीटी पनि जोगाउनु पर्ने छ ‚’ उनले भने ।
उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा आफू जानकार नभए पनि देश संविधान संशोधनको बहसमा प्रवेश गरेको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ २०:५३
प्रतिक्रिया दिनुहोस्