Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘समुदाय स्वास्थ्य निरूपण’, विद्यार्थीको उत्साहपूर्ण अभियान

आइतबार, भदौ १६, २०८१

काठमाडौ - त्रिभुवन विश्वविद्यालय अन्तरगत महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले नुवाकोट बेलकोटगढी नगरपालिका भित्र ‘समुदाय स्वास्थ्य निरुपण’ अभियान सञ्चालन गरेका छन् ।

स्थानीय सरकारसँगको समन्वयनमा विद्यार्थीहरुले करिव एक महिनासम्म  बेलकोटगढी नगरपालिका भित्रका घरघरमा पुगेर खानेपानी , खानपान, सरसफलाई र स्वास्थ्य स्थितिको विषयमा प्रतिवेदन तयार पार्ने अभियानमा सहभागी विद्यार्थी भएका छन्।

विभिन्न १२ समूहमा विभाजित भएर ८/९ जनका समूहमा  १०० जना विद्यार्थीहरु  प्रत्येक  वडा वडा मा पुगेका छन्।। उनीहरुलाई त्यहाँका स्थानीय सरकार र स्थानीय वासिन्दाले सहयोग गरेका छन् ।

अभियानमा पुगेका विद्यार्थीहरुले वडा नं १ को सामाजिक नक्सा समेत निर्माण गरेका छन् । स्थानीय स्रोत साधनको प्रयोग गरी श्री बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी र स्थानीय जनप्रतिनिधिको समेत सहयोगमा सामाजिक नक्सा तयार पार्न सफल भएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्