Nic Ad Nic Ad
Nic Ad Nic Ad

बराबरीमा रोकियो चेल्सी, टोटनह्याम पराजित

आइतबार, भदौ १६, २०८१

लण्डन - प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २५ औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरी खेल्न बाध्य भयो ।कोल पाल्मरको पासमा निकोलस ज्याक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको सुरुवातमा नै एबेरेची इजेले क्रिस्टल प्यालेसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोलको अवसर पाए पनि सदूपयोग गर्न सकेनन् ।

बराबरीसँगै तीन खेलमा चार अंक जोडेको चेल्सी लिगको ११ औं स्थानमा छ । भने प्यालेस १६ औं स्थानमा छ ।

यस्तै आइतबार नै भएको खेलमा न्युक्यासल युनाइटेडले जित निकालेको छ । युनाइटेडले टोटनह्याम हटस्पर्सलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा हार्भे बार्नसले न्युकासललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा डान बर्नले आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा फर्किएको थियो । ७८ औँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई जित दिलाएका हुन् ।

जितसँगै न्युक्यासल ७ अङ्कसहित ५ औं स्थानमा उक्लिएको छ । टोनह्याम भने ४ अङ्कसहित १० औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्