Nic Ad Nic Ad
Nic Ad Nic Ad

कानूनसहित दुईवटा समितिको बैठक बस्दै

सोमबार, भदौ १७, २०८१

काठमाडौं– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो ३ बजे सिंहदबारमा बोलाइएको छ । बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल गर्ने कार्यक्रम छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार