Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघ र प्रदेश सरकारका मन्त्रीहरूद्वारा नारायणी रंगशालाको निरीक्षण

सोमबार, भदौ १७, २०८१

वीरगञ्ज - संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवासहितको टोलीले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ ।

खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै मन्त्री चौधरीले रंगशाला पुनर्निर्माण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताए । रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकारले तयार रहेकोले रंगशालाको पुनर्निर्माण द्रुतगतिमा अघि बढाउने मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 


यस्तै जीर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित र स्तरोन्नति गर्न संघीय सरकारसँग प्रदेश सरकारले हातेमालो गर्न तयार रहेको प्रदेश सरकारका खेलकुद मन्त्री जयसवाले बताए । नारायणी रंगशालाको स्तरोन्नति नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाको भनाइ छ । 

उनले भने, ‘संघीय सरकार अन्तर्गत रहेको नारायणी रंगशाला प्रदेश सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन । अब छिटै प्रदेश सरकारले कानून बनाएर खेलकुदतर्फ अगाडि बढ्ने छ । ’सघं र प्रदेश सरकारका मन्त्रीहरूसहितको टोलीले आइतबार स्थलगत अवलोकन तथा निरीक्षण गरेको हो । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरालगायत खेलाडीहरूको सहभागिता थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्