Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्थन

कांग्रेसमा महामन्त्री गगन थापाले प्रतिस्थापन गर्दैछन् संस्थापनका एजेन्डा, अबको सभापति बन्ने लक्षण

सोमबार, भदौ १७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनबाट नेतृत्वमा उदय हुने सांगठनिक खाका मात्र कोरेका छैनन्, सैद्धान्तिक र पार्टीका कार्यनीतिमा पनि सफलताका एजेन्डा प्रतिस्थापन गर्न थालेका छन्। 

आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय नै यसको संकेतका रुपमा देखा परेको हो। दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले महासमितिमा राखेका प्रस्ताव पारित हुन सकेको थिएन, निक्कै पेचिलो र मन्थन बनेका मध्य एक प्रस्तावलाई संविधान संशोधनको समयका लागि थाँती राखियो भने एक सर्वसम्मतीले पारित गरियो। 

पारित भएको प्रस्ताव महामन्त्री थापाले राखेको थियो। उनले आगामी निर्वाचनमा कांग्रेस एकल रुपमा चुनवाी मैदानमा जाने, कसैसँग गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए। जुन महासमितिको बैठकमा सभापति शेरबहादुर देउवाका कारण पारित हुन सकेको थिएन। 

तर केन्द्रीय समितिको बैठकमा भने लामो मन्थनपछि भने पारित गर्न संस्थापन पक्ष पनि बाध्य भयो।

थापाले विस्तारै एजेन्डालाई प्रतिस्थापन गर्दै १५औं महाधिवेशनबाट सभापति बन्ने लक्षण देखाएका छन्। यसै पनि उनको उद्देश्य पार्टी नेतृत्वमा पुग्ने भएका कारण रोजीको मन्त्रालय पाउँदा पनि सरकारमा सहभागी भएका थिएनन्। 

‘अब पार्टी नेतृत्वमा जानुपर्छ भनेर नै मैले रोजीछाडी दिएको मन्त्रालय पनि लिएको थिइँन’, थापाले एउटा अन्तरवार्तामा भनेका थिए,‘उपप्रधानसहितको मन्त्रालय नपाएको होइन। तर, हामीले थिति बनाउनु छ, पार्टीलाई गति दिनुपर्छ भनेर नै सरकारमा नगएको हो।’

त्यसो त थापाले सभापति देउवासँग संसदीय दलको नेतामा चुनाव लडेर नै अबको प्रधानमन्त्रीको क्यान्डिडेट आफू हुने दाबा गरेका थिए। पराजित हुने थाहा पाउँदा पाउँदै उनले लडेको संसदीय दलको नेताको निर्वाचनको स्पष्ट संकेत थियो, अबको प्रधानमन्त्रीमा कांग्रेसबाट थापाको उम्मेदवारी हुनेछ। 

यसै रणनीतिक रेखाअनुसार उनले आगामी सभापतिको उम्मेदवारी दिने तयारी गरेका हुन्। किनभने कांग्रेसको परम्परामा जो सभापति हुन्छन् निर्वाचन जितेको खण्डमा उनी नै संसदीय दलको नेताको दाबेदार रहने गरेका छन्। 

यस हिसाबले पनि थापा आगामी निर्वाचनअघि नै हुने महाधिवेशनमा सभापतिका उम्मेदवार बन्ने तयारीमा छन्। अहिले डा. शेखर कोइराला पक्षको नेताका रुपमा उनलाई चिनिए पनि महाधिवेशनमा उनको अलग समूह बन्ने लगभग तय भइसकेको छ। 

महामन्त्री शर्मासहित प्रदीप पौडेललगायतको टिम अहिले थापाको सहयोगी छन्। महाधिवेशनसम्म पुग्दा नेतृत्वबाट अलग हुन लागिरहेका सभापति देउवाको पनि समर्थन रहन सक्ने स्वभाविक अनुमान गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्