Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

सोमबार, भदौ १७, २०८१

काठमाडौँ- इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो । समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरूले प्रश्न गर्नेछन् ।

सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरूको नाम मात्र समितिमा पुगे छ । प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्