Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, भदौ १७, २०८१

पाल्पा- पाल्पाको रामपुर नगरपालिका-१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कालीगण्डकी करिडोर अन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज (सोमबार) बिहान दुर्घटना हुँदा रामपुर-१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्