Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन मन्त्रालयमा रमाएन दीपक मनाङेको मन, मुख्यमन्त्रीलाई थर्काउन हिँडे

सोमबार, भदौ १७, २०८१

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार पाएको बन तथा वातावरण मन्त्रालयमा बेखुशी देखाएका छन्। उनको मन उक्त मन्त्रालयमा नरमाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई थर्काउनेगरी उनी निस्किएको बताइएको छ। 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहेका मनाङेले जुनियरले लिने मन्त्रालयमा आफू नजाने भन्दै पदभार लिएका थिएनन्। एमाले सरकारमा आउने भएपछि मनाङे र फणिन्द्र नेपाललाई कांग्रेसले आफ्नै कोटामा मन्त्री राखी मन्त्रालय हेरफेर गरेको थियो। 

एमालेका चार जना मन्त्रीले शपथ लिएका छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्