Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नेमिटने घाउ’को दुखान्तः ओली र माधव नेपाललाई फिल्म खेलाउँदा रमितको दुई करोड चैट

सोमबार, भदौ १७, २०८१

काठमाडौं– एसिड प्रहारबाट प्रताडित युवतीको सत्यकथामा आधारित फिल्म ‘नमेटिने घाउ’को दुखान्त भएको छ। यथार्थ कथामा फिल्म बनाउँदा त्यसको राम्रो चर्चा र कमाई हुने ठाने पनि निर्देशक रमित ढुङ्गाना यतिबेला तनावमा छन्। 

फिल्मले रिलिज संख्या थपे पनि आम्दानी भने गर्न सकेन। अहिलेसम्म अनुमानित १० लाखको पनि ग्रस कलेक्शन गर्न सकेको छैन। 

फिल्लमा रियल नेताको अभिनय गराएको र पोस्टरमा पनि देखाएका कारण नचलेको निचोडमा निर्देशक ढुंगाना आफैं पुगेका रहेछन्। 

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री देवेन्द्र पौडेल, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका कारण प्रदर्शनअघि फिल्मको चर्चा राम्रो थियो। प्रमुख कलाकारलाई ओझेलमा राखेर पोस्टर चलाइयो। तर, फिल्म चलेन। 

ढुंगानाले फेसबुकमा लेखेर नेतालाई राखेकै कारण दर्शकहरूले फिल्म बहिष्कार गरेको र राजनीतिक दलका व्यक्तिहरूले आफ्नो नेतालाई नखेलाएकाले फिल्म नहेर्ने भनेको उल्लेख गरेका छन्।

फिल्ममा प्रहरीको भूमिकामा पनि रियल अधिकारीलाई खेलाइएको थियो। पुराना राजनीतिक दलका नेताको अनुहारसँग दिक्क भएका दर्शकले नेतालाई रुचाएनन्।

ramit-1725272455.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्