Nic Ad Nic Ad
Nic Ad Nic Ad

शरद ऋतुमा हिमाल आरोहण अनुमति दिन सुरु

सोमबार, भदौ १७, २०८१

काठमाडौँ- सरकारले शरद ऋतुमा हिमाल आरोहण गर्नेहरूका लागि अनुमति दिन सुरु गरेको छ । पर्यटन विभागका अनुसार यस सिजनका लागि अहिलेसम्म १२ टोलीका लागि १३२ जनाले परमिट पाइसकेका छन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल (८,१६३ मिटर) मा १० टोलीका १२० जनाले आरोहण अनुमति पाएको विभागको तथ्यांक छ । पुथा हिउँचुली (७,२४६ मिटर) मा १ टोलीका ७ जना र अन्नपूर्ण चौथो (७५२५ मिटर) मा १ टोलीका ५ जनाले आरोहण अनुमति लिएको समेत विभागले जनाएको छ ।

विभागका अनुसार यो सिजनका लागि १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी उठेको छ । यस सिजनमा अमेरिकाका २०, जापानका १७, बेलायतका १५, चीनका १३ जनाले आरोहण अनुमति लिएका छन् । नेपालका एक जनाले मात्र अनुमति लिएको विभागले जनाएको छ । यो सिजनमा सगरमाथा बाहेकका हिमालमा आरोहण बढी हुन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्