Nic Ad Nic Ad
Nic Ad Nic Ad

पानी उद्योगी, ढुवानीकर्ता र वितरकलाई विभागले तोक्यो सर्त

सोमबार, भदौ १७, २०८१

काठमाडौँ- सरकारले पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकेको छ ।

पानीको बिक्री वितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तासमक्ष उपलब्ध गराउन यस्तो सर्त तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ । विभागले तोकिएका सर्त पालना भए/नभएको बारे विभागबाट अनुगमन/निरीक्षण हुने र सर्तको उल्लंघन गरेको पाइए कानून बमोजिम कारबाही हुने समेत जानकारी दिएको छ ।

सरकारले पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरिद तथा बिक्री बिल जारी गर्नु सर्त तोकेको छ ।

सादा बिल प्रयोग नगर्न समेत विभागले सचेत गराएको छ । ढुवानीकर्ताले खुद्रा विक्रेतालाई समेत अनिवार्य बिल दिनु पर्ने भएको छ ।

बिल बिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न समेत सरकारले सचेत गराएको छ ।

जार तथा बोटल पानी प्रचलित कानुन बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने विषय एम्बुसिङ प्रिन्टरस्प्रे प्रिन्टरअन्य विधिमार्फत अनिवार्य उल्लेख गर्नुपर्ने सर्त समेत तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्