Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ- आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । 

यस्तै, बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ । यस्तैगरी, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्