Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीसामु सञ्चारमन्त्री गुरुङले ‘आईजीको जिब्रो थुत्ने’ अभिव्यक्ति गलत भएको स्वीकारे

मंगलबार, भदौ १८, २०८१

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले कमजोरी भएको स्वीकार गरेका छन्। 

मन्त्रालयको नियमित रिपोर्टिङका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेका सरकारका प्रवक्ता समेत रहेका गुरुङले भने,‘उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले चासो राख्नुभयो। विवादीत नबन्न र लामो नबोल्नका लागि निर्देश दिनुभयो, सन्दर्भबस भए पनि कमजोरी भएको बुझेको छु।’

उनले अगाडि भने, ‘मैले त्यसलाई स्वीकार गरेँ। उठेका प्रश्नहरुको सचेत गराउनुभयो। मैले आफ्नो भनाइ राखे उहाँले सुझाव दिनुभयो। ठूलो विवाद हुने खालको त रहेनछ। तर शब्द चयनले चाहिँ मान्छेलाई उद्देलीत बनायो। मलाई सचेत हुनु भन्नुभएको छ । मैले पनि हुन्छु भनेको हाम्रो नेता भनेको पनि उहाँ नै हो।’
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्