Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री आरजु राणाले भनिन्– आई एम सरी!

मंगलबार, भदौ १८, २०८१

काठमाडौं– राजदूत नियुक्तिका क्रममा समावेशी नभएको प्रश्न उठेपछि परराष्ट्रमन्त्री आरजु राणाले त्यसको उत्तर दिएकी छन्। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मंगलबार उठेका प्रश्नको जवाफ दिने क्रममा राणाले राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी छन्।

सो क्रममा उनले भनिन्,‘राजदूत नियुक्ति समावेशी भएन। अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं,’ उनले भनिन्, ‘यसपटक आएन आई–एम सरी!’

भारतमा राजदूत शंकर शर्मालाई पुनःनियुक्ति दिनुको कारण कार्य दक्षतको कदर रहेको राणाको भनाई थियो। अघिल्लो एमाले–माओवादी–रास्वपा समीकरणको सरकारले शर्मालाई हटाएको थियो। 

तर सत्ता समीकरण परिवर्तन हुनासाथ शर्मालाई यथास्थितिमा राखियो। कांग्रेस र एमालेले सत्ता समीकरण गरेपछि उनको पुनःनियुत्तिः भएको थियो। यस विषयमा रास्वपाका सांसद शिशिर खनालले प्रश्न गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्