Nic Ad Nic Ad
Nic Ad Nic Ad
सकस

कांग्रेसमा महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ खारेज गर्नुको गुह्य कारण यस्तो पो रहेछ

देउवा प्रधानमन्त्री बन्ने ०८३ असार, कांग्रेस महाधिवेशन ०८२ मंसिरः तालमेल छैन
मंगलबार, भदौ १८, २०८१

काठमाडौं– ‘तपाईले भनेर म फेरि प्रधानमन्त्री नहुने हो र! जसले सक्छ त्यसले गर्छ। यो प्रस्ताव खारेज गर्नुपर्छ’, कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा कुर्लिए।

महामन्त्री विश्वप्रकाश शर्माले दुई कार्यकाल प्रधानमन्त्री भएपछि विदाई र एक कार्यकाल राष्ट्रपति मात्र हुने एक्जिट पोलिसीको प्रस्ताव केन्द्रीय समितिमा राखेका थिए। 

देउवाको जोडबलका उक्त प्रस्ताव खारेज भयो। तर, महामन्त्री गगनकुमार थापाले राखेको चुनावमा एक्लै जाने र तोकिएको समयमा महाधिवेशन गरिने प्रस्ताव पारित भयो। कांग्रेस महाधिवेशन ०८२ मंसिर मसान्तसम्म सक्नुपर्ने वैधानिक प्रावधान रहेको छ। 

पारित भएको यो प्रस्ताव पनि कार्यान्वयनमा जटिल छ, सत्ता राजनीतिको सहमतिका लागि। किनभने, कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गर्दा गरेको सहमतिमा ०८३ को असारसम्म प्रधानमन्त्रीमा केपी शर्मा ओली रहने कायम छ। यसपछि चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने भनिएको छ। 

यदि त्यसअघि नै महाधिवेशन हुँदा विधानको तत्कालिक व्यवस्थाअनुसार देउवा सभापतिका उम्मेदवार हुन पाउने छैनन् भने संसदीय दलको निर्वाचन पनि महाधिवेशनलगत्तै हुने सम्भावना रहन्छ। 

त्यस्तो बेला के हुन्छ?

यसै पनि संसदीय दलको निर्वाचनको पुनः माग उठिरहेका बेला देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्नका लागि अनेक दाउपेच र ८० प्रतिशत केन्द्रीय सदस्यको जोडबलमा रहनेछन्। 

उनका सामु दुई विकल्प हुनेछन्। विधान संशोधन गरी सभापतिमा पुनः उम्मेदवारी या प्रधानमन्त्री नबनुन्जेलसम्म संसदीय दलको नेताको निर्वाचन नगर्ने प्रतिबद्धता। 

सभापतिमा देउवाको उम्मेदवारी नहुने सन्दर्भमा एउटा गहिरो सहमतिको त्यो खाँचो पर्नेछ। त्यसो हुँदा देउवा एमालेसँगको सहमतिअनुसार ०८३ को असारमा प्रधानमन्त्री बन्नेछन्। 

शेखर कोइराला पक्ष भने देउवासँग उक्त प्रकृतिको सम्झौता गर्न तयार जस्तो देखिन्छ। कोइराला पक्षका उपसभापति धनराज गुरुङले भनेका छन्,‘प्रधानमन्त्री बनेपछि मात्र देउवाजीको विदाई हुनेछ।’

यदि महामन्त्री शर्माको एक्जिट पोलिसीको प्रस्ताव पास भएको थियो भने देउवा आगामी प्रधानमन्त्री बन्ने सम्भावना नै रहेको थिएन। किनभने यहि कार्यकालमा देउवा दुई पटक प्रधानमन्त्री बनिसकेका हुने थिए। उनी पार्टीका तर्फबाट ५ पटक प्रधानमन्त्री बनिसकेका छन्। 

‘एक्जिट पोलिसीले त देउवाको प्रधानमन्त्रीको बाटो बन्द हुने थियो। अनि कसरी पास हुन्छ? त्यहि पनि महाधिवेशन तोकिएको समयमा भए अरु जटिलता पनि छन्’, कांग्रेसका एक सदस्य भन्छन्,‘अगाडिका कमद के हुनेछन् भन्न सक्ने अवस्था छैन।’
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्