Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वआईजीहरूको संयुक्त अपिलः सञ्चारमन्त्री गुरुङले माफी माग्नुपर्छ (विज्ञप्तिसहित)

मंगलबार, भदौ १८, २०८१

काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजी)हरूको संगठनले संयुक्त अपिल जारी गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले माफी माग्नुपर्ने बताएका छन्। 

नेपाल प्रहरीका पूर्वआईजीपीहरुको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरिक्षकको जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा भएको जनाएको छ। 

मञ्चले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त बचन फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ।’

मञ्चले प्रहरीका आईजीलाई अबिचलित भएर काम गर्नका लागि पनि आग्रह गरेको पूर्वआईजी धिरजप्रताप सिंहले क्यानडानेपाललाई जानकारी दिए।

विज्ञप्ति
bigyapti-igp-1725350722.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्