नेभिगेशन
राजनीति

सत्तारुढ सांसद खतिवडाको चेतावनी– मन्त्रीको जिब्रोमा ब्रेक लगाइयोस् 

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले मर्यादा बिर्सिएर मन्त्रीहरूले बोल्ने गरेकाले त्यसको जवाफ माग गरेका छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भने,‘म सत्ता पक्षको सांसद हुँ। तर, सरकारका सूचना तथा सञ्चारमन्त्रीले नेपाल प्रहरीका आईजीपीका जिब्रो थुत्ने बताउनुभएछ। मन्त्रीको जिब्रोमा ब्रेक लगाइयोस्। यसको जवाफ चहान्छु।’

सांसद खतिवडाले गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको अभिव्यक्तिको पनि उत्तर मागेका छन्। उनले भने,‘मन्त्रीको पद करोडमा बेचिन्छ भन्ने पनि सांसद र पूर्वमन्त्रीले बोलेका रहेछन् त्यो के हो?’

मन्त्रीबाट राजीनामा दिएपछि मनाङेले डेढ करोडमा मन्त्री पद विक्रि हुने बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति